ताजा अपडेट »

बर्दघाटमा गौ संरक्षण एवम् अनुसन्धान केन्द्रको कार्यालय स्थापना

विहीबार, ०९ मंसिर २०७८, १६ : ५९
8 Shares

परासी । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा भर्खरै मात्र स्थापना भएको गौ संरक्षण तथा अनुसंधान केद्रले बुधबार बाट आधिकारिक रुपमा आफ्नो मुख्य कार्यालयको उद्घाटन गरेको छ। बर्दघाट नगरपालिकाकि उपप्रमुख मायादेवी पौडेलले एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन गरेकी हुन्।कार्यक्रममा बोल्दै उपप्रमुख पौडेलले सस्थाले बोकेको योजना अनुरुप नै सस्था दीर्घकालीन रुपमा अगाडि बढ्नु पर्ने बताएकी छिन्।

त्यसै गरि कार्यक्रममा आफ्नो धारणा राख्दै बर्दघाट–४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमालले गौ संरक्षण राष्ट्रिय समस्या भएकाले छाडा चौपायाको संरक्षण को बिषय जटिल रहेको बताए।सस्थाले मुलभुत रुपमा आफ्नो दीर्घकालीन कार्यदिशा बनाएर अघि बढ्न सुझाव दिदै सकारात्मक कार्यका लागि आफ्नो साथ र समर्थन रहने बताए।

सस्थाले मुख्यतःछाडा चौपाया मुक्त सडक बनाउने ,छाडा चौपायाको उचित ब्यवस्थापन गर्ने र यस सम्बन्धि सबैमा चेतना अविबृद्धी गर्ने नै मुख्य उदेश्य रहेको सस्थाका अध्यक्ष भुपराज भुर्तेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए। साथै सस्थाले यहि २६ गतेदेखी पुष ५ गते सम्म बर्दघाट बर्द्घाट ४–हरियाली नगर (बन क्षेत्र)मा धनधान्यान्चल महायज्ञ आयोजना गर्ने र प्रमुख बाचकको रुपमा भावगत बाचक परशुराम शास्त्री आउने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।यसमा सबै दाता, संघ सस्था, सामाजिक ब्यक्तित्व सबैलाई सहयोगका लागि सस्थाले अपिल समेत गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।