ताजा अपडेट »

जन्मदिनका अवसरमा क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग

विहीबार, ०९ मंसिर २०७८, १६ : ४३
4 Shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका(५ दुर्छिमका बालक सम्मृद्ध राईले जन्म दिनको अवसरमा प्याङ्क्रियाजको क्यान्सरबाट पीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गरेका छन् । विद्या संस्कार ९साविकको चेल्सी ईन्टरनेशनल स्कुल० काठमाडौंमा कक्षा ३ मा अध्ययनरत सम्मृद्धले आठ वर्ष पूरा गरी नौ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार जीपी मेमोरियल कलेज चाबहिल काठमाडौंका क्याम्पस प्रमुख मोहनराज राईलाई नगद आठ हजार आर्थिक सहयोग गरेका हुन् ।

ॐ अस्पताल काठमाडौंमा क्यान्सरको उपचार गराइरहेका क्याम्पस प्रमुख राईलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित सम्मृद्धले आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका हुन् । बालक राईले उपेन्द्रनाथ तिम्सिनामार्फत क्याम्पस प्रमुख राईकी श्रीमती शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।