१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

बागलुङ । सूचना प्रविधिको प्रयोग क्षमतामा बागलुङको काठेखोला गाउँपालिका जिल्लामै पहिलो भएको छ । १० स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कन समितिले उत्कृष्ट घोषण गरेको हो ।

Advertisement

सूचना तथा प्रविधि शाखाले सार्वजनिक गरेकोे प्रतिवेदनका आधारमा जिल्लाका १० पालिकामध्ये काठेखोला गाउँपालिकाले सबैभन्दा बढी ६० अंकभार प्राप्त गरेको छ । गाउँपालिकाभित्रका विद्यालयमा सिसि क्यामेरा जडान, कार्यालय विद्युतिय हाजिरी, वैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पहुँच, वेबसाइट व्यवस्थापनलगायतका विषयमा पालिकाले ६० अंकभार प्राप्त गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । गाउँपालिकाले विद्युतिय प्रोफाइल समेत निर्माण गरेको छ । 

सूचना प्रविधिको प्रयोगमा निसीखोला गाउँपालिका ५२ अंक प्राप्त गर्दै दोस्रो र ४९ अंकका साथ बरेङ गाउँपालिका तेस्रो, ४९ अंकसहित तमानखोला गाउँपालिका चौथो,  ४५ अंकसहित ढोरपाटन नगरपालिका पाँचौ नम्बरमा परेको छ । 

अन्य पाँच स्थानीय तह बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले विवरण नै उल्लेख गरेका छैनन् । स्थानीय तहको सूचना प्रविधिसँगको सामिप्यता, सूचना प्रविधिसम्बन्धी संस्थागत क्षमता र सूचनासँग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ