ताजा अपडेट »

एमाले महाधिवेशन : तनहुँका १५ हजार चितवन झर्दै

विहीबार, ०९ मंसिर २०७८, १५ : ०२
2 Shares

तनहुँ । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनको पहिलाे दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ । 

उद्घाटन सत्रमा तनहुँबाट १५ हजार कार्यकर्ता चितवन जाने भएका छन् । जिल्लाका गाउँगाउँबाट १५ हजार कार्यकर्ता चितवन लैजाने तयारी रहेको नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले बताए । ‘सबै पालिकाका वडा वडाबाट  कार्यकर्ता महाधिवेशनमा जाने गरी व्यवस्थापन गर्दैछौँ । चितवनसँगै जोडिएको देवघाट गाउँपालिकाबाट धेरै जानेछन्’, उनले भने, ‘नजिकै भएकाले ऋषिङ गाउँपालिकाबाट पनि राम्रै उपस्थिति हुनेछ।’ पार्टीको पहिचान झल्काउँदै तनहुँका एमालेजन चितवन महाधिवेशनमा जाने उनकाे दाबी छ ।  

महाधिवेशनमा तनहुँका १८ जना नेता प्रतिनिधिका रुपमा सहभागि हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।