ताजा अपडेट »

दाउन्नेमा बस दुर्घटना, १३ जना घाइते

विहीबार, ०९ मंसिर २०७८, १४ : ०३
4 Shares

परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्तरगत एसमोडमा आज विहान लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुदा १३ जना घाईते भएका छन् । घाईतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ ।

काठमाण्डौंवाट यात्रुलिएर महेशपुरकालागि आएको उक्त बस बर्दघाटको त्रिवेणी चोक भन्दा माथीको एस मोडमा दुघट्ना हुदा १३ जना यात्रु घाईते भएका हुन ।घाईतेहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताएका छन् ।

घाईतेहरुको उपचारका लागि प्रहरीले आफ्नै भ्यानको प्रयोग गरी अस्पतासम्म पुयएको प्रहरीले जनाएको छ । घाईतेहरु प्रायको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । केहि घाईते यात्रुहरुको टाउकोमा चोट लागेका कारण उनीहरुको एक्सरे गर्नु पर्ने तर चिसापानी अस्पतालमा सो सेवा नभएकाले घाईतेहरुलाई एम्बुलेसमा राखेर स्थानीय संजिवनी हेल्थहोममा लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।