ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

विहीबार, ०९ मंसिर २०७८, ०९ : ३५
4 Shares

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरकाे माइक्रो बस बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।