ताजा अपडेट »

कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा तीन सय मतगणना, गुरुङ प्यानलको अग्रता कायमै (मतपरिणामसहित )

बुधबार, ०८ मंसिर २०७८, २० : २४
8 Shares


भैरहवा । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा सुशील गुरुङ्को प्यानल अगाडि रहेको छ । ३ सय मतगणना हुदा सभापति पदका उम्मेद्वार सुशील गुरुङले १७४ मत प्राप्त गरेका छन भने मातृका प्रसाद यादवले ११४ मत र अर्का सभापति पदका उम्मेद्वार महेन्द्र यादवले ३ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिएका छन ।

यस्तै सचिवमा गुरुङ प्यानलकै लेखनाथ भट्टराई १६३ मत, भवानी प्रसाद शर्मा १७४ मत, यादव प्यानलका शैलेश पन्त ९८ मत र टन्क पाण्डेले १०० मत प्राप्त गरेका छन । सहसचिवमा पनि गुरुङ प्यानलकै कुल प्रसाद न्यौपानेको १६६ मत,र प्रेम सागर थारु ११४ यादव प्यानलका अमृता लम्सालले ११२ मत र सुरेन्द्र धवल ८४ प्राप्त गरेका छन । ६ सय ७२ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६ सय ५० मत खसेको थियो ।

हिजो मतदान भएकोमा दुबै पक्षको सहमतिमा आज मात्र मतगणना सुरु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।