ताजा अपडेट »

नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा गुरुङ प्यानलको अग्रता कायमै (मतपरिणाम सहित)

बुधबार, ०८ मंसिर २०७८, १७ : २९
4 Shares

भैरहवा । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा सुशील गुरुङ्को प्यानल अगाडि रहेको छ । २ सय मतगणना हुदा सभापति पदका उम्मेद्वार सुशील गुरुङले १२१ मत प्राप्त गरेका छन भने मातृका प्रसाद यादवले ७२ मत र अर्का सभापति पदका उम्मेद्वार महेन्द्र यादवले ३ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिएका छन ।

यस्तै सचिवमा गुरुङ प्यानलकै लेखनाथ भट्टराई ११५मत, भवानी प्रसाद शर्मा १२० मत, यादव प्यानलका शैलेश पन्त ६४ मत र टन्क पाण्डेले ६२ मत प्राप्त गरेका छन । सहसचिवमा पनि गुरुङ प्यानलकै कुल प्रसाद न्यौपानेको ११५ मत, प्रेम सागर थारु ११४ मत, यादव प्यानलका सुरेन्द्र धवल ६७ र अमृता लम्सालले ७२ मत प्राप्त गरेका छन ।

६ सय ७२ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६ सय ५० मत खसेको थियो । हिजो मतदान भएकोमा दुबै पक्षको सहमतिमा आज मात्र मतगणना सुरु भएको हो ।

No description available.
No description available.
No description available.
No description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।