१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

दमास्कस । मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । छ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ ।

आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गर्री गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन् । सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेएको सानाले समाचार समितिले जनाएको छ । सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरु गरेको छ । सरकारी स्थानहरु साथै इरान समर्थित सेनाहरु र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ