१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

लमजुङ । गाउँमा खेताला पाउन छाडेपछि यहाँका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । छिटो, छरिटो र सस्तो हुने भएकाले उनीहरुले धान भित्र्याउँन सो मेसिन उपयोगमा ल्याएका हुन् । पछिल्लो समय गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल हुँदै गएको छ । पाए पनि महँगो हुने जनाइएको छ । कम समय र कम लागतमै धान झाट्ने भएकाले मेसिनको उपयोग वढेको हो ।

Advertisement

ठूला सहरका ठूला फाँटमा मात्र नभई थ्रेसर मेसिन यतिबेला जिल्लाका गाउँका खेतहरुमा समेत पुग्न थालेको छ । यो सँगै परम्परागत रुपमा धान थन्काउने चलन हराउन थालेको छ । जिल्लामा यतिबेला धान पाकेकाले धान काट्ने र झाट्नेमा किसान व्यस्त भएका छन् । अधिकांश किसानहरु धान काट्ने काम सकेर दाइँ हाल्दैछन् त कति हाल्ने तरखरमा छन् ।

केही केही ठाउँमा किसानहरुले परम्परागत रुपमा मान्छे र गोरुको सहायताले दाइँ हालिरहेका छन् । तर अधिकांश किसान आधुनिक थ्रेसर मेसिन प्रयोग गरिरहेका छन् । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा परम्परागत रुपमा गोरु र खेताला पाउन मुस्किल हुँदै जाँदा यतिबेला थ्रेसर मेसिनको बढ्यो प्रयोग भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईंले बताउनुभयो । यहाँका ८० प्रतिशत किसानले थ्रेसर मेसिन प्रयोग गर्न थालेको उहाँको भनाइ छ ।

त्यस्तै, यहाँका किसान कमलराज सेढाइँले भने , “मेरो २० मुरी धान थ्रेसर मेसिनले एक घण्टा १० मिनेटमै धान र पराल छुटाएर सकायो ।” यतिका धानका लागि खेताला लगाएको भए, १०/१२ जना आवश्यक पर्ने र उनीहरुलाई दिनभरिमा पनि सकाउन गाह्रो पर्ने उनको भनाइ छ । थ्रेसर मेसिनले प्रतिघण्टा रु दुई हजार ५०० लिने गरेको र खेतालाले प्रतिव्यक्ति रु ८०० रुपैयाँ लिने गरेको छ । खेताला लगाउँदा रु नौ/दस हजारभन्दा बढी लाग्ने भए पनि मेसिनको प्रयोगले समयदेखि लागतसमेत धेरै कम गराएको उनले जानकारी दिए ।

उनले भने, “यहाँ खेताला खोज्दा पनि भेटिन मुस्किल हुन्छ, यस्ता बेलामा यहाँ थ्रेसर मेसिनले किसानलाई ठूलो राहत पुगेको छ ।” काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल छ । पाइएका खेतालाको खर्च पनि महँगो छ । “मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले केही वर्षअघि बाट खेती भित्र्याउन थ्रेसर मेसिनकै प्रयोग गर्दै आएको राइनास नगरपालिका–६ स्थित चक्रतीर्थ तीनपिप्लेका किसान कृष्णबहादुर भट्टले बताए ।

उनले भने, “यहाँका किसानहरुलाई पहिला पहिला आधुनिक थ्रेसर मेसिनका बारेमा थाहा नहुँदा गोरु र खेताला खोज्दैमा हैरानी हुन्थ्यो, बल्लबल्ल गोरु खेताला पाए पनि महँगो भएर खेताला लगाउन पनि किसानलाई आर्थिक समस्या हुने गरे पनि यहीले यी सबै समस्या थ्रेसर मेसिनले हटाउँदै गएको उनको भनाइ छ । प्रतिघण्टा थ्रेसर मेसिनले धान पराल छुट्याएको करिब रु तीन हजारसम्म लिँदै आएका छन् । जिल्लाका बेँसीसहर, भोटेओडार, राइनास, सुन्दरबजार, फेदीकुना, पाउँदी लगायतका फाँटमा थ्रेसर मेसिनबाटै किसानले धान पराल छुट्याउने गरेका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ