ताजा अपडेट »

टिपिएल: मणिग्राम र पाल्पाली लिजेन्डस् भिड्दै

मंगलबार, २८ असोज २०७६, १३ : ३५
4 Shares

असोज २८,

ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको चौथो दिन आजको पहिलो खेलमा तिनाउ टाइटन्स् विजयी भएको छ । टाइटन्स्ले लुम्बिनी शाक्यान्लाई पराजीत गरेको हो । प्रतियोगिताको दोस्रो खेलमा मणिग्राम किंगस् र पाल्पाली लिजेन्डस् प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर पहिले व्याटिङ रोजेको मणिग्राम किंगस्ले यो समाचार तयार पार्दासम्म ५ ओभर खेल्दै ४ विकेटको क्षतिमा १४ रन मात्रै जम्मा गर्न सफल भएको छ । पाल्पाली लिजेन्डस्को धारितलो बालिङको सामु मणिग्रामको फितलो र कम्जोर प्रस्तुति देखिएको छ ।

सोमबार भएको खेलमा मणिग्राम किंगस्ले एक्सपर्ट रोएल शंकरनगरलाई ६७ रनको फाराकिलो अन्तरले पराजित गरेको थियो । टस जितेर ब्याटिङ्ग गरेको मणिग्रामले निर्धारित ओभरमा १ सय ३६ रन बनाएको थियो । १ सय ३७ रनको बिजय लक्ष्यका साथ ब्याटिडमा आएका शंकरनगर १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ६९ रनमा समेटिएको थियो । सोमबार नै भएको पहिलो खेलमा रुपन्देही पल्टन्स्ले लुम्बिनि साक्यान्लाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेका थियो । टस जितेर ब्याटिङ्ग रोजेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरमा २ विकेटको क्षतीमा १ सय ९६ रनको योगफल तयार पारेको थियो । लक्ष्य पक्षाउन जवाफि ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यानले १८ दशमलव १ ओभर खेल्दै अल आउट हुँदा १ सय ४० रनमा समेटियो ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।