ताजा अपडेट »

माओवादी रुपन्देही ईन्चार्ज बन्जाडेको सवारी दुर्घटनामा निधन

बुधबार, ०८ मंसिर २०७८, ०७ : २३
8 Shares

बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भिर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको थियो । घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।

गम्भिर घाइते भएका थापाको अवस्था मध्यम रहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन खाणले जानकारी दिए । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।