ताजा अपडेट »

बुटवलको मतगणना स्थलमै कुटिएका केसीलाई काठमाण्डौं पठाइयो

मंगलबार, ०७ मंसिर २०७८, २१ : ३१
4 Shares

बुटवल । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थल कुटवलमा कुटीएका उम्मेदवार कुमार केसीलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा अचानक बिवाद भएपछि महाधिवेशन प्रतिनिधीका उम्मेदवार दीर्घ बहादुर केसी ‘कुमार’ लाई गृहमन्त्री खाँण समूहका व्यक्तिहरुले कुटेका थिए । उनी पौडेल समुहबाट उम्मेदवारी दिएका थिए । देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा र टाउकोमा गम्भिर चोट लागेको बताईएको छ ।

केसीको लुम्विनी प्रादेशिक अस्पतालको आकस्मीक उपचार कक्षमा उपचारका लागि लगिएकोमा चिकित्सकहरुको सल्लाह बमोजिम थप उपचारका लागि काठमाण्डौ पठाइएको हो । चिकित्सकहरुले प्राथमिक उपचारका क्रममा टाउकोमा असर गरेको पाईएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने सल्लाह दिएकोले काठमाण्डौ पठाईएको बताइएको छ ।

केसी कुटीएसंगै बुटवलको बालमन्दिरमा भैरहेको मतगणना स्थगित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।