ताजा अपडेट »

प्रकृतिसँग अनुपम प्रेम

मंगलबार, ०७ मंसिर २०७८, १८ : १३
12 Shares

अहिलेको २१ औं शताब्दीमा आइपुग्दा ‘प्रकृति’ शब्द अनुपम र मिठासपूर्ण सुनिन लागेको आभास भएको छ । ‘अनुपम’ वा ‘प्रेमपूर्ण’ कुन शब्दलाई छनौट गरौ रु म आफै दिग्भ्रमित छु किनकी आज–भोलि सबै मानिस प्रकृति नतमस्तक छन् । नतमस्तक छन् भन्दै गर्दा प्रकृतिलाई साच्चिकै प्रेम गर्दछन कि प्रकृतिमा रमाउन खोज्दछन रु त्यो आलोचनात्मक वा भनौ बहशमा नै सिमित हुने छ । तर मेरो बिचारमा मानिस प्रकृतिलाई प्रेमभन्दा पनि प्रकृतिमा रमाउन चाहन्छ । यो प्यारो अनुपम प्रकृतिसँग ।

फेसबुकको टाइम लाईन हेर्दछु प्रायजसो साथीहरु, युबा, बयस्क, बालबच्चा, बुढापाका तथा अग्रज प्रकृतिसँग लडिबुढी गर्दै प्रफुल्लित मुहारहरु आफ्नो भित्तामा पोस्ट्याएको पाउछु । यसबाट म के प्रस्ट हुन्छु भने आजको आधुनिक युगका ब्यस्त मानिसहरु पनि प्रकृतिप्रति लगाब राख्ने र प्रकृतीबाट अनवरत रुपमा आफ्नो मनलाई शान्ती प्रदान गर्ने गरेको देखिन्छ । कुनै पनि सामाजिक संजालमा देखिने प्रकृतिका मनमोहक परिदृस्री हरुले साच्चिकै ब्यक्ती लाई अझ सुन्दर र मननै लोभ्याउने खालका हुन्छन । जसले गर्दा ब्यक्तीको मुहारमा एक किसिमको रौनकता र चम्किलोपना देख्न पाइन्छ ।

हामी भएको यो ब्रह्माण्ड नै प्रकृति हो । हाम्रा वरपर देखिने सर्बत्र कुराहरु प्रकृतिका अनुपम उदाहरणहरु हुन् । आकाशमा देखिने चम्किला तारा, सुर्य, चन्द्रमा वा अन्य आकाशिय पिण्डहरु, एक कोषीय जीवदेखि सजिब निर्जिब प्राणी, बनस्पति सबै प्रकृताका उपजहरु नै हुन् । हामिले पिउने पानी, फेर्ने सास हामीसँग भएको चेतना हाम्रो शरिर यो सृष्टिको अस्तित्व नै प्रकृतीको देन हो । अथवा भनौ प्रकृति नै सबथोक हो । यत्रतत्र सर्बत्र प्रकृति नै छ । प्रकृति सर्बब्यापी छ ।

अब एकछिन कुरा गरौ हामिले खोजेको प्रकृति कस्तो हुनुपर्छ रु के हाम्रा दैनिक गतिविधिहरु साच्चिकै प्रकृतिलाई माया प्रेम गर्ने खालका छन् त रु के हामी प्रकृतिलाई साच्चिकै माया गर्छौ त रु हामी प्रकृतिसँग साइनो गास्न जोखिम मोलेर यात्रा गर्छौ तर हामी प्रकृति संरक्षणप्रती कत्तिको सजग छौ त रु के हामी प्रकृतिलाई प्रत्यक्ष असर गर्ने जलबायु परिवर्तनसँग परिचित छौ त रुके हामी पछिल्लो समयमा हाम्रो वातावरण र प्रकृतिप्रती देखिएको क्षतिप्रती कत्तीको जानकार छौ त रु

पछिल्लो समयमा हाम्रो प्रकृतिमा देखिएका तापक्रम वृद्धि, जलवायु परिवर्तन, अतिबृस्टी, अनाबृस्टी, खण्ड्बृस्टि, हिमताल बिस्पोटन, हिउँ पग्ल्लिने, बाढि, पहिरो, भू–क्षय आदि जस्ता दैबी प्रकोपहरु हामिले हाम्रो प्रकृतिलाई प्रेम नगर्दा देखिएका हुन । सायद पछिल्लो समयमा देखिएका असन्तुलित प्राकृतिक प्रकोपहरु नेपालमा कहिले पनि देखिएका थिएनन् । आजको समयसम्म हाम्रा पुस्ताहरुले हाम्रो यो प्यारो प्रकृतिलाई प्राकृतिक रुपमै राखेका थिए तर आज हाम्रो प्रकृति बढी आधुनिकतामा गयो कि रु सोच्ने बेला पक्कै पनि आएको छ ।

प्रकृति संरक्षण का लागि भएका राष्ट्रिय, अन्तराष्ट्रिय प्रयास, योजनाबद्ध बिकास, बजेटरी ब्यबस्था, रणनीतिहरु लागू गरिएका छन् जसको बारेमा अर्को लेखमा चर्चा गर्ने नै छु । अबको समयमा हामिले प्रकृतिप्रति नतमस्तक भई प्रकृतिलाई साच्चिकै माय गरि प्रकृतिसँग रमाउँदै प्रकृतिसँग अनुपम प्रेम गर्नु आजको आबश्यकता हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।