२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

असोज २८,
काठमाण्डौं । उत्तरी सिरियामा कुर्दहरूमाथि सैन्य आक्रमण गरेपछि अमेरिकाले त्यसको सशक्त विरोध गरेको छ। अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ। अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई फोन गरेर तत्काल युद्धविराम गर्न भनेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्। पेन्सले आफू उक्त क्षेत्रमा यथासम्भव चाँडो जाने बताएका छन्।

Advertisement

ह्वाइट हाउसमा बोल्दै पेन्सले भने, “जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्।” पूर्वोत्तर सिरियामा सिरियाली सेना गएको छ। टर्कीको सेना र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने देखिएको छ। सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको छ। टर्कीले त्यहाँबाट कुर्द लडाकुहरूलाई धपाएर आफ्नो “सुरक्षित क्षेत्र” निर्माण गर्न खोजेको छ। सिरियाली सैनिकहरू तल तमेर र ऐेन इस्सामा आइपुग्दा खुसी हुँदै त्यहाँका मानिसहरूले उनीहरूको स्वागत गरेका थिए। सिरिया र टर्कीका सेनाहरूको उपस्थिति भका स्थानमा सङ्घर्ष हुने जोखिम देखिएको छ। टर्कीका राष्ट्रपति एर्दोआनले जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन्। यसअघि सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए। उनीहरूबीच भएको सहमतिलाई सिरियाका राष्ट्रपतिको आत्मबल बढाउने अवसरको रूपमा हेरिएको छ। त्यहाँ सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनमा नयाँ घटनाक्रम विकसित भएको हो। सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो। तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने “आतङ्कवादी” मान्छ। अमेरिकी सैनिक फर्किएपछि टर्कीले कुर्दहरूलाई लक्षित गर्दै स्थल तथा हवाई आक्रमण थाल्यो। टर्कीको आक्रमण र अमेरिकी सेनाको फिर्तीको आलोचना भएकोप छ। बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोवेन भन्छन्: “अमेरिकाले सेना फिर्ता गरेसँगै सिरिया युद्धले नयाँ रूप लिएको छ। आठ वर्षको सिरिया युद्धले मध्यपूर्वलाई बदलेजस्तै यो साता पनि सिरियाका लागि नयाँ मोड बनेको छ।” त्यहाँ सिर्जित अस्थिर अवस्थाका कारण भाग्न सफल भएका सन्दिग्ध आईएस लडाकुहरूका कारण आईएसको पुनरुदय हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। अन्य सहायता समूहहरूले झन्डै साढे चार लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको दाबी गरेका छन्।

युरोपेली सङ्घ ईयूका विदेशमन्त्रीहरूले टर्कीलाई गरिने हतियार निर्यात सीमित पार्ने सहमति गरेका छन्। अङ्करा हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन चाहन्छ। तीमध्ये धेरैजसो गैरकुर्द छन्। कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्दहरूको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। कुर्द नेताहरूले पनि आफ्नो नरसंहार हुनुभन्दा असदसँग ‘पीडादायी सम्झौता’ गर्नुपरेको बताएका छन्। टर्कीका राष्ट्रपतिले अहिलेसम्म २१ गाउँसमेत १०९ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकिएको आइतवार बताएका थिए। बीबीसीका संवाददाता जनथन मार्कुसका भनाइमा पूर्वोत्तर सिरियाको सङ्कट व्यावहारिक र राजनीतिक मूल्यमा उत्तर एटलान्टिक सन्धि सङ्घठन (नेटो)को पनि सङ्कट हो। “यो आक्रमणलाई रोक्न निकै कम काम गरेका ट्रम्पले अहिले टर्कीको अर्थतन्त्र ध्वस्त पार्ने चेतावनी दिइरहेका छन्। जुन एउटा नेटो सदस्यले अर्कोलाई दिएको निकै अर्थपूर्ण अभिव्यक्ति हो।” -बीबीसी

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर