ताजा अपडेट »

सुनको भाउ ८०० रुपैयाँले बढ्यो, महँगिएका कारण कारोबार घट्दो

मंगलबार, २८ असोज २०७६, १२ : ०२
10 Shares

असोज २८,
काठमाण्डौं । मंगलवार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। प्रति तोला सुनको मूल्य आठ सय रुपैयाँले बढेर ७० हजार सात सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य ७० हजार रुपैयाँ रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। मङ्गलवार चाँदीको मूल्य आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तय हुने गरेको छ। मूल्य बढेका कारण कारोबार न्यून रहेको व्यवसायीले बताएका छन्। गत असारदेखि नै सुनको मूल्य तिब्र गतिमा बढेको हो। असारअघि करिब ६० हजार रुपैयाँ तोलाको आसपासमा रहेको सुनको मूल्य पछिल्लो पटक ७३ हजार पाँच सय रुपैयाँको ऐतिहासिक मूल्य कायम गर्दै झरेको हो। मूल्य बढ्न थालेसँगै कारोबार समेत सुस्ताउँदै गएको व्यवसायीको भनाई छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।