१६ माघ २०७९, सोमबार

Jan 30, 2023

कपिलवस्तु । विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आराेप लगाएकाे छ ।

Advertisement

जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अधिवशेन स्थगित गरिएको स्पष्ट पारे । 

क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेकाे छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।

क्षेत्र नम्बर २ को अधिवेशन के राेकिनुकाे कारण थाहा नभएको क्षेत्रीय सभापतिका उम्मेदवार तथा जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । मिश्रलाई सभापति पदका दुई आकांक्षीट गंगा विष्ट र माधव पराजुलीले समर्थन गरेपछि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । मिश्रले संस्थापन पक्षको तर्फबाट उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र जिल्ला सभापति आचार्यको पकड क्षेत्र मानिन्छ ।

क्षेत्र नम्बर ३ मा दुवै सभापतिका उम्मेदवार विवादमा परेका छन् । संस्थापन पक्षका उम्मेदवार ब्रह्मानन्द उपाध्यायलाई पौडेल पक्षका हरि पोख्रेल पक्षले लेबी नतिरेको भन्दै उजुरी गरेपछि विवाद सुरु भएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोख्रेललाई अनुशासन समितिले कारबाही गरेकाले मतदाता नामावली सूचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौमा उजुरी परे पनि पोख्रेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु