ताजा अपडेट »

एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् छलफलका पाँच एजेन्डा

मंगलबार, ०७ मंसिर २०७८, १३ : २९
2 Shares

काठमाडौं । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको स्थायी कमिटी बैठक बोलाएको हो । सोमबार नै बैठक बोलाइए पनि मंगलबारका लागि सारिएको हो ।

एमाले सचिव योगेश भट्टराईले बैठकमा पाँचवटा एजेन्डा रहेको बताएका छन् । उनका अनुसार आजको स्थायी कमिटी बैठकमा महाधिवेशन व्यवस्थापन, उदघाटन र बन्दसत्रका कार्यक्रम, प्रतिनिधि छनोटको अवस्था, महाधिवेशन प्रतिनिधि छनोट (५ प्रतिशत) र निर्वाचन आयोगका बारेमा छलफल हुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।