ताजा अपडेट »

गाँजा खेती शून्यमा झार्ने अभियान

मंगलबार, ०७ मंसिर २०७८, १२ : ४२
16 Shares

पर्सा । प्रहरीले पछिल्लो पटक गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको छ । गाजाँ खेती निरुत्साहित गर्न गाउँगाउँमा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरी गाँजा खेतीलाई शून्यमा झार्ने अभियान चलाएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

पछिल्लो पटक केही दिनअघि जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पर्साको ठोरी गाउँपालिकामा ११ बिघा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको थियो । ठोरी गाउँपालिकामा सङ्गठित रुपमा समूहमा गाँजा खेती लगाइएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो ।

ठोरी गाउँपालिका–३ को ब्रह्मनगर, रामनगर तथा जङ्गल छेउछाउ लगायतका क्षेत्रमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । गाँजा खेती गर्ने व्यक्तिको पहिचान गरी मुद्दा दर्ता गरिनेछ । गाँजा खेती धेरै लगाइएको तथा प्रहरीको आँखा नपुग्ने गरी जङ्गल छेउछाउमा लगाएको भए पनि प्रहरीले गाँजा खेती नष्ट गर्न सफल भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले जानकारी दिए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।