ताजा अपडेट »

पाल्पा–तम्घास जोड्ने बाटो १६५ घण्टा बन्द !

मंगलबार, ०७ मंसिर २०७८, १२ : ३४
8 Shares

पाल्पा । पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जोड्ने सडक १६५ घण्टा अबरुद्ध हुने भएको छ । दैनिक ११ घण्टाका दरले १५ दिनसम्म सडक अबरुद्ध हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले यही मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने गरि सूचना जारी गरेको छ ।

जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो । उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।