२१ माघ २०७९, शनिबार

Feb 4, 2023

कपिलवस्तु । १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलवारदेखि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा समेत खोप कार्यक्रम सुरू हुने बताइएको छ ।

Advertisement

यता हैजाविरुद्धको खोप लगाएपछि स्थानीय जनताले पाँच वर्षसम्म सुरक्षित भएको महसुस गरेका छन् । तर, प्रभावित क्षेत्रमा शौचालय प्रयोग गर्ने प्रचलन नहुँदा हैजाको जोखिम भने कायम नै छ । एक वर्षदेखि माथिको उमेर समूहका सबै नागरिकलाई भ्याक्सिन खुवाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे बताउँछन् । 

अभियानलाई सफल बनाउन नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफले सक्रियता देखाएका छन् । प्रति भाइल करिब पाँच अमेरिकी डलर पर्ने भ्याक्सिन ग्लोबल एलाईन्स फर भ्याक्सिन (गाभि)बाट सहयोग स्वरूप प्राप्त भएको हो ।भ्याक्सिनको स्वाद नुनिलो रहेको र खाएपछि शरीरमा कुनै समस्या नभएको खोप लिएका यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताए । 

जिल्लामा देखिएको हैजाको जीवाणु रैथाने प्रजाति (कोलेरा ०१) रहेको प्रयोगशाला परीक्षणले पुष्टि गरेको छ । यस प्रकारको जीवाणु शरीरमा प्रवेश गरेपछि कसैमा लक्षण देखाउने र कसैलाई लक्षण नदेखाउने गर्दछ । लक्षण नदेखिएका व्यक्तिबाट भाइरस एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने गर्दछ । यो जीवाणु तीव्र रूपले फैलिन सक्ने भएको कारणले निकै खतरापूर्ण मानिने ईपिडिमोलोजी तथा महामारी नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेल बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा