२१ माघ २०७९, शनिबार

Feb 4, 2023

महोत्तरी । धान भित्र्याउने व्यस्तताले महोत्तरीका धेरै सर्वसाधारण सरकारले चलाएको कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रसम्म यस पटक पुगेनन् ।कतिपय खोप लिने चाहना हुँदाहुँदै व्यस्तताका कारण पुग्न सकेनन् भने कतिपय खोपप्रतिको अविश्वास, जनचेतनाको अभावले पुग्न सकेनन् ।

Advertisement

किसाननगरका ७५ वर्षीय टेकबहादुर मगर छोराछोरीले कहर गरेर मात्र खोप लगाउन आएको बताए । १-४ मंसिरसम्म महोत्तरीको सातवटा पालिकाको   टोल-टोलमा खोप अभियान चलाइएको थियो । तर, महोत्तरीको उत्तरी क्षेत्रका  ७ वटा पालिकामा चलाएको खोप अभियानमा सर्वसाधारणको न्यून उपस्थिति रहयो । भेरोसेल दाेस्राे डोज खोप अभियानका क्रममा ३० हजार खोप महोत्तरी आइपुगेको थियो ।

महोत्तरीमा अहिलेसम्म चलाइएका खोप अभियानमा ५६ हजार ६५८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् । दोस्राे डोजको लागि आह्वान गरिएको भेरोसेल खोप लगाउन १५ प्रतिशत सर्वसाधारण पनि उपस्थित नभएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।म‌ंगलबारबाट नै बाँकी आठवटा पालिकामा तीन दिनको लागि खोप अभियान चलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले बताए ।

`हामी खोप अभियानलाइ प्रभावकारी बनाउन १० गतेवाट नयाँ ढङ्गले प्रस्तुत हुन खोजिरहेका छौँ । यसकाे लागी प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ´, उनले भने । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म दुई लाख ४८ हजार २०९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कुल जनसंख्याको करिब ५२ प्रतिशत  हुन आउँछ ।  अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनवाट बिमुख बनिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै