१६ माघ २०७९, सोमबार

Jan 30, 2023

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निः शुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उनले बताए ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आएका छन् । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. सम्पूर्णमान तुलाधर र डा .सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख श्रेष्ठले बताए । मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उनले बताए । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु