१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रिय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित भएका छन् । 

Advertisement

चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी दिएका जिल्ला सभापतिका प्रत्यासी पौडेल पराजित भएका हुन् । सभापतिको लागि प्रचारप्रसार गर्दै आएका पौडेलको जिल्ला सभापति बन्ने चाहना टुंगिएको छ । 

महाधिवेशन प्रतिनिधि बन्न एक क्षेत्रबाट खुल्लामा १० जना उम्मेदवार मात्रै निर्वाचित हुन सक्ने व्यवस्था छ । पौडेल त्यो १० उम्मेदवारभित्र पर्न नसकेको क्षेत्र नं २ का कांग्रेस महाधिवेशन निर्वाचन अधिकृत श्रीराम सापकोटाले बताए । जिल्ला सभापतिमा पौडेलसहित आठ जनाले आकांक्षा देखाएका थिए । आकांक्षीहरुको सूचीबाट पौडेलको नाम हटेसँगै अब सात जना मात्र भएका छन् । पौडेल वरिष्ठ अभिवक्ता एवं पूर्व सांसद समेत हुन् ।

कांग्रेसले महाधिवेशनको घोषणा गरेसँगै जिल्ला सभापतिको लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्ताहरू मध्येका एक हुन् । हाल उनी सोही क्याम्पसको सञ्चालक समितिका अध्यक्ष हुन् ।

२०४९–२०५३ मा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि जनप्रतिनिधिका रूपमा पनि काम गरेका पौडेलले राष्ट्रिय सभा सदस्य भएर पनि काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन