ताजा अपडेट »

प्रधानमन्त्री देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत

मंगलबार, ०७ मंसिर २०७८, १० : २६
2 Shares

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् । डडेल्धुराबाट देउवासहित २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।