ताजा अपडेट »

विश्वकप छनोटको दोस्रो चरण : नेपाल जोर्डनसँग भिड्दै

मंगलबार, २८ असोज २०७६, ०९ : ०४
6 Shares

असोज २८, 

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा दुवै टिम आज जोर्डन र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली टोलीले पहिलो खेल जोर्डनकै घरेलु मैदानमा खेल्दैछ ।एसियाली छनोटको समुह डीमा रहेको जोर्डनले दुई खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ ।उसले पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो । दोस्रो खेलमा कुवेतसंग १–१ गोलको बराबरी खेलेको थियो ।

यता, नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने चाईनिज ताईपेलाई २–० ले हराएको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।गत सातामात्र अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–० ले पराजित रह्यो । नेपालले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको पुछारदेखि दोस्रोमा छ । अष्ट्रेलियाको दुई खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको तीन खेलबाट ४ अंक र अंक विहिन ताईपे तालिकाको पुछारमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।