१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौं । सुनिल बलको दुई गोल मद्दतमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

Advertisement

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण तिन अंक जोडेको हो ।

मछिन्द्रका लागि सुनिलले खेलको १२औ मिनेट र खेल सकिन १० मिनेट अघि गोल गरे । एनआरटीका लागि खेलको ५३ मिनेटमा एरिक विष्टले  फ्रिकिकमा एक गोल गरे । खेलको १२ मिनेटमै सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सुनिलले विशाल राईको पासमा पेनाल्टी बक्स भित्रबाट सेकेण्ड बारमा गोल गरेका थिए ।

दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो । ५३औं मिनेटमा एनआरटीका एरिक विष्टले करिब ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

८०औं  मिनेटमा सुनिल बलले कप्तान सुजल श्रेष्ठको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले २-१ को अग्रता बनायो ।

यस खेलसँगै पहिलो पटक विकेण्डमा आयोजना भएको लिगमा पहिलो चरणको खेल सकिएको छ । अब तीन दिनको विश्रामपछि आगामी शुक्रबारदेखि दोस्रो चरणका खेलहरू सुरु हुनेछ ।

खेलको म्यान अफ दि म्याच दुई गोल गरेका सुनिल बल घोषित भए । आज नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाढे ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु