ताजा अपडेट »

काँग्रेस महाधिवेशन: रुपन्देही-३ को मतदान अर्को सूचना नआउँदासम्मका लागि स्थगित

सोमबार, ०६ मंसिर २०७८, १८ : ५०
8 Shares


भैरहवा । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्र्तगतको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को मतदान प्रक्रिया अर्को सूचना नभए सम्म्को लागी स्थगित भएको छ । सोमबार हुने भनिएको निर्वाचन नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पछि केन्द्रिय निर्वाचन समितिको आदेश अनुसार निर्वाचन मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

ढिलो गरि सुरु भएको मतदानमा असुरक्षाको कारण देखाउदै क्षेत्रिय सभापति पदका उम्मेदवार मात्रिका प्रसाद यादवको समूहले मतदान भोली गर्न आग्रह गरेको थियो । चर्को दबाब बिच मतदान सुरु भए पछि यादव समूहले उक्त मतदानलाई बहिष्कार गरि निर्वाचन स्थलबाट बाहिरिएको थियो । बाहिरिए लगत्तै यादव समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा समूहले शक्तिको आडमा गुण्डागर्दि शैली अपनाउदै जबरजस्ती मतदान गराएको बताउदै काननी उपचारमा जाने चेतावनी दिएको थियो ।

घटनाको जानकारी माथी सम्म पुगे पछि केन्द्रिय निर्वाचन समितिले मतदान स्थगित गरेको थियो । मात्रिका यादव पक्षले गरेको पत्रकार सम्मेलनको केही बेर पछि क्षेत्रिय सभापति पदका अर्का उम्मेदवार शुसिल गुरुङ समूहले मतदान स्थगित भएको प्रति भ्रत्सना गरेको छ । अर्को समूहले पनि पत्रकार सम्मेलनको आयोजना गर्दै मतदान प्रक्रिया जारी रहेकै अवश्थामा मतदान स्थगित भएकोलाई यादव पक्ष चुनावबाट भागेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार सुसिल गुरुङले हार्ने डरका कारण यादव पक्ष चुनावबाट भागेको आरोप लगाए । उनले यादव पक्षले सयौ मतदाताहरुको भावनालाई कुण्ठित गरेको बताए । साझ करिब ४ बजे सुरु भएको मतदानमा ५० जनाले मतदान गरि सकेका थिए । निर्वाचन प्रक्रियाको ब्यवस्थापनमा क्षेत्रिय सभापति मात्रिका प्रसाद यादवले सहयोग गर्नु पर्ने दायित्व हुदा हुदै सहयोग नगरेको मतदान अधिकृत जिवनारायण अधिकारीको गुनासो थियो । मनोनयन देखी नै यादव पक्षले असहयोग गरेको उनको आरोप छ ।

यता यादव पक्षले मतदान अधिकृत पनि सत्ताकै दबावमा आफुहरुलाई पेलेर गएको आरोप लगाए । उनले निर्वाचन समितिले जानी जानी ढिलो गरेको आरोप लगाए । “भैरहवामै मतपत्र बनाउन सकिने अवश्था हुदा हुदै लामो समय लगाएर बुटवल लगेर मतपत्र तयार गर्नुले पनि निर्वाचन समितिको नियत स्पष्ट भएको छ ।” यादवले भने “रात पारेर फेरी पहिलाको जस्तै धाँधली हुन सक्ने भएकोले भोली मतदान गरौ भन्ने मात्र हाम्रो अनुरोध थियो । ”

नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले आफ्नै पार्टीको कार्यकर्ताबाट कुनै पनि नेपाली कांग्रेसका नेता कार्यकर्ता असुरक्षा महशुश गर्नु पर्ने अवश्था नरहेको बताए । उनले पार्टीको आन्तरिक निर्वाचन भएको कारण सहकार्यमै निर्वाचन सम्पन्न गरिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।