१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण पूर्वअध्यक्ष भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए । 

Advertisement

एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै निष्क्रिय बनाइयो । गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले फेरि यो व्यवस्था ब्युँताएको छ ।

यो विधानअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र केशव बडाल १०औं महाधिवेशनबाटै बिदा हुँदैछन् । 

नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षसहितका ६ जना पदाधिकारीलाई भने १०औं महाधिवेशन ‘गर या मर’ हुने देखिएको छ । विधानमा रहेको ७० वर्षे उमेरहदका कारण अध्यक्ष केपी ओलीसहितका ६ जना नेता यो महाधिवेशनबाट नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने उनीहरू कहिल्यै एमालेको कार्यकारी भूमिकामा हुने छैनन् । 

अध्यक्षका एकमात्र बलिया दाबेदार ओली आगामी फागुनमा ७१ वर्षका लाग्दैछन् । तीन महिनाअघि महाधिवेशन भएका कारणमात्र उनी एमालेको कार्यकारी भूमिकामा अन्तिम पटक प्रतिस्पर्धा गर्दै छन् । 

११औं महाधिवेशनमा आइपुग्दा उनी स्वतः पार्टीको कार्यकारी भूमिकाबाट अलग भइसकेका हुनेछन् । ओलीसँगै १०औं महाधिवेशनमा अध्यक्षका दावेदार उपाध्यक्ष भीम रावल पनि यस पटक नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनपछि एमालेको कार्यकारी भूमिकामा देखिन पाउने छैनन् । उनी ६६ वर्षका भइसकेका छन् । ११औ महाधिवेशनसम्ममा उनी ७० वर्ष कटिसकेका हुनेछन् । 

महासचिव तथा वरिष्ठ उपाध्यक्षका दावेदार ईश्वर पोखरेल पनि यस पटक अन्तिम लडाईंमा छन् । उनी पनि ६७ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म पुग्दा उमेरहदका कारण उनले पनि अवकाश पाइसक्नेछन् । 

अहिलेसम्म पदाधिकारी हुन नपाएका सुवासचन्द्र नेम्वाङका लागि त यो महाधिवेशन इतिहास बनाउने अवसर नै हो । यस पटक उनी पदाधिकारीमा अटाउन सकेनन् भने कहिल्यै एमालेको कार्यकारी नेतृत्वमा हुने छैनन् । यस पटक उनले वरिष्ठ उपाध्यक्ष या त्यो नपाए उपाध्यक्षमा दाबी गरिरहेका छन् । नेम्वाङ पनि ६९ वर्षका पुगिसकेका छन् । 

आफ्ना श्रीमान् अमृत बोहोरा १०औं महाधिवेशनवाट बिदाइ हुँदै गर्दा ६७ वर्षीया अष्टलक्ष्मी शाक्य अन्तिम पटक पार्टीको कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रने तयारीमा छिन् । १०औं महाधिवशनबाट उनी पदाधिकारीमा चुनिन सकिनन् भने शाक्यका लागि एमाले राजनीतिमा उपाध्यक्ष पद नै श्रेष्ठ पद बन्नेछ ।

 केपी ओलीले नै अनुशासन आयोगको अध्यक्ष बनाउन खोजेका उपाध्यक्ष युवराज ज्ञवाली ६८ वर्षका भए । १०औं महाधिवेशनमा ओलीले उनलाई अनुशासन आयोगको अध्यक्षमा मनाए भने उनको पनि यो नै अन्तिम कार्यकारी कार्यकाल हुनेछ । उनी पनि सके बरिष्ठ उपाध्यक्ष नभए पनि उपाध्यक्ष बन्ने कोसिसमा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड