Jan 27, 2023
बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको मतदान रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच सुरु भएको छ । मतदान दुई पक्ष बीच कुरा नमिलेपछि सोमबार अबेरसम्म पनि मतदान प्रक्रिया अघि बढ्न सकेको थिएन् । बहिष्कार गर्ने पौडेल पक्षले केही बेरमै पत्रकार सम्मेलन गरेर आफ्नो धारण सार्वजनिक गर्ने बताएका छन् ।
क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापन पक्ष इतरका उम्मेद्वार तथा प्रतिनिधिहरुले मँगलबार मात्रै मतदान गर्ने अडान लिएका थिए भने भने संस्थापन पक्षले सोमबार आजै मतदान अघि बढाउने अडानमा रहेका थिए । काँग्रेसको महाधिवेशन अन्तरगत नै प्रदेशको निर्वाचनमा आइतबार राती भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने उनीहरुको माग रहेको थियो ।
आइतबार राती मतगणना भइरहेको समयमा संस्थापन पक्ष देउवा समूहका व्यक्तिहरुले पौडेल समूहका नेताहरुलाई कुटपिट गरेका थिए । सोही घटना दोहोरीले डरका कारण दिनको समयमा मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनु पर्ने पौडेल पक्षको माग रहेको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट संस्थापन पक्ष देउवा समूहकी पुस्पा थरुनीको प्यानलले उम्मेद्वारी दर्ता गराएको छ भने पौडेल समूहबाट रमा अर्यालको नेतृत्वमा उम्मेद्वार दर्ता भएको छ ।
प्रतिकृया दिनुहोस्