२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

गुल्मी । नेपाली कांग्रेस यति बेला देशैभर १४ औं अधिवेशनको चटारोमा छ । यस बेला अरुलाई भन्दा पनि सरकारी तलव खाने सामुदायिक विद्यालयका शिक्षकहरुलाई बढि राजनीति लागेको छ । गुल्मीका विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरु वडा अधिवेशन सुरु भए देखि नै विद्यालयको पठन पाठन छाडेर कोही उमेदवार बनेका छन भने कोही प्रचार प्रसारमा दिनराती खटेका छन् । उनीहरुलाई विद्यार्थीहरुको भविश्यको् चिन्ता छैन ता कि आफ्नै राजनैतिक भविश्यको चिन्ता छ ।

Advertisement

आज गुल्मी जिल्ला कांग्रेसको क्षेत्र नम्वर २ को क्षेत्रिय अधिवेशन तम्घासको वालमन्दिर हलमा चलिरहँदा कैयौं सामुदायिक विद्यायलका शिक्षकहरु देखिन्थे । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर –७ भनभने स्थित श्री टिमुरखर्क अधारभुत विद्यालयका प्रधानध्यापक बिरेन्द्रं केसी नेपाली कांग्रेस त्यस वडाको अधिवेशन चले देखि अहिले सम्म विद्यालयमा नदेखिएको अभिभावकले गुनासो गरेका छन् । उनि त्यस वडाको पार्टी सभापतिमा उमेदवारी दिए । सभापति जिते पनि त्यस यता आज क्षेत्रिय अधिवेशन चल्ने दिन सम्म उनी मात्र होईन उनी सहित त्यस विद्यालयका आधा भन्दा बढि शिक्षक कांग्रेस अधिवेशनमा ब्यस्त छन् ।

आज त्यस विद्यालयमा ४ जना मात्र शिक्षक देखिएका अरु ५ जना शिक्षकहरुलाई बोकेर कांग्रेस वडा सभापति रहेका प्रधानध्यापक रहेका बिरेन्द्र केसी क्षेत्रिय अधिवेशनका लागि तम्घास तिर हानिए । नाम उल्लेख नगर्ने सर्तमा एक अभिभावकका अनुसार विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा त्यस वडाका वडाअध्यक्ष काँशी बहादुर बोहरा महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएकोले शिक्षकहरु उनकै दवावमा अधिवेशनमा खटिदै आएका छन् । ‘गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता ’ आदर्श बाक्य मुखमा झुण्डाउने टिमुरखर्क आधारभुत बिद्यालयका प्राय सबै शिक्षकलाई विद्यार्थी पढाउने भन्दा पनि राजनीति गर्ने थलो बनेको छ । वडाध्यक्ष बोहरा कै घरै अगाडीको विद्यालयमा केहि दिन यता विधार्थीहरु अलपत्र परेका छन् ।

एक विद्यार्थी भन्छन् मानौकी यो दशै विदा हो । यतिका दिन देखि शिक्षकहरु कांग्रेसको राजनीतिमा दौडिदा विद्यार्थीहरुको भविश्य माथी खेलबाड भएको देखेर पनि त्यस गाउँपालिकाको शिक्षा शाखा र प्रमुख उपप्रमुखले के हेरेर बसेका छन एक जना अभिभावकले यस्तो प्रति प्रश्न गर्दै भने –‘ हाजिरी रजिष्टरमा हेर्नु होला दिनुहँ काँग्रेस अधिवेशनको प्रचार प्रसारमा त्यहाँका शिक्षकहरु ब्यस्त हाँजिर भने गराएका हुन सक्छन । उनका अनुसार त्यस विद्यालयले खर्च आम्दानी सार्वाजानिक नगरेको पनि धेरै बर्ष भयो ।

प्रतिकृया दिनुहोस्

Flash News

अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर