ताजा अपडेट »

बुटवल-३ का वडाध्यक्ष बस्यालको ट्वाइलेट जाने क्रममा लडेर मृत्यु

सोमबार, ०६ मंसिर २०७८, १७ : ००
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालले लडेर ज्यान गुमाएका छन् ।

सोमबार दिउँसो आफ्नै घरको ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको छ ।

अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए । बस्यालको सबलाई अहिले गोलपार्क स्थित उनकै निवासमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।