ताजा अपडेट »

भन्सार छलेर ल्याउँदै गरेकाे साढे पाँच लाखभन्दा बढीको लत्ताकपडा बरामद

सोमबार, ०६ मंसिर २०७८, १६ : ४६
4 Shares

नेपालगञ्ज । भन्सार छलेर नेपाल ल्याइँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए । तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो ।

टोलीले बाँकेको खजुरा गाउपालिका(७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए । उनका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको दुई सय ८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस विवाहमा लगाउने साडी रहेका छन् । बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।