ताजा अपडेट »

प्रथम सीओएएस राष्ट्रिय लन टेनिस मंसिर अन्तिम साता

सोमबार, ०६ मंसिर २०७८, १६ : २९
10 Shares

काठमाडौं । नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम सीओएएस राष्ट्रिय लन टेनिस प्रतियोगिता २७ मंसिरदेखि हुने भएको छ । प्रतियोगितामा खुलातर्फ चार, भेट्रानतर्फ सात र इन्टर–गोभरमेन्टलतर्फ एक गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बाह्र स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशि सात लाख २९ हजार रुपैयाँ छ ।

खुलातर्फ पुरुषरमहिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । यो विधाको कुल पुरस्कार राशि तीन लाख ७० हजार रुपैयाँ छ । पुरुषरमहिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुषरमहिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०र१० हजारका दरले नगद पुरस्कार जित्ने छन् ।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सरडबल्समा खेल हुनेछ । ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ । भेट्रानको जम्मा पुरस्कार राशि तीन लाख सात हजार रुपैयाँ छ । त्यस्तै, एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशि ५२ हजार रुपैयाँ छ ।

महासेनानी बस्नेतले कुनैपनि स्पर्धामा कम्तिमा आठ टिमको सहभागिता हुन पर्ने बताउँदै सोभन्दा कम भएको खण्डमा पुरस्कार राशि घटाउन वा स्पर्धा नै स्थगित गर्न सकिने बताए । एक खेलाडीले बढीमा दुई स्पर्धामा मात्र भाग लिन पाउने प्रावधान राखिएको छ भने खेलाडीले क्लबको प्रतिनिधित्व गर्नुपर्ने छ ।

५ पुससम्म चल्ने प्रतियोगिताका खेलहरू भद्रकालीस्थित आर्मी अफिसर्स क्लब तथा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा खेलाइनेछ । पत्रकार सम्मेलनमा नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुललगायतको उपस्थिति थियो । प्रतियोगिता टेनिस संघकै प्राविधिक सहयोगमा हुने लागेको हो । लनटेनिस प्रशिक्षक कृष्णराज घलेलाई प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।