ताजा अपडेट »

एमाले महाधिवेशन : उमेर हदले बाहिरिँदैछन् यी नेता

सोमबार, ०६ मंसिर २०७८, १५ : ५२
2 Shares

काठमाडौं ।  एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरुलाई भने बिदाई गर्दैछ । 

गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाई हुँदैछन् । अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १०औँ महाधिवेशनबाटै बिदाई हुने थिए । किनकी ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ लाग्दैछन् । 

विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार तीन महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् ।  

बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै ‘रिङ आउट’ हुँदैछन् । उनी ७० वर्ष पुगिसकेका छन् ।  अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदैछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।