२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् । 

Advertisement

जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ । तर, जबराले राजीनामा दिन छाँटकाँट नदेखिएपछि सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाएको हो । 

सोही क्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएर बारले जबरालाई महाअभियोग लगाउन माग गरेको हो । ‘बारले उठाएका विषय गम्भीर छन् । जे भयो राम्रो भएन । यो ज्ञापनलाई अध्यक्ष र स्थायी कमिटीमा अविलम्ब आजै बुझाउँछु । पार्टीको ध्यानाकर्षण गराउने पहल मेरो रहन्छ’, नेम्वाङले भने ।  बारको आन्दोलनबारे औपचारिक जानकारी पाएको भन्दै उनले  कानुन व्यवसायीको आन्दोलन मथ्थर बनाउन दंगा प्रहरी प्रयोग गरेमा दुःख व्यक्त गरे  । न्यायालयको विवाद भित्रै समाधान गर्नुपर्ने भए पनि बाहिर आइसकेकाले अब समाधानको बाटोमा लाग्नुपर्ने उनको नेम्वाङको भनाइ छ । 

‘बारले यस्तो गर्नुपर्ने स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर, बाहिर आइसक्नुभयो । यो राम्रो होइन । अहिले सर्वाेच्चबाट न्याय पाउन नसकिने अवस्था छ । हामीले नै बोलिराखेको कुरा आएको छ । संसदमा भएका घटनामा पनि हामीले न्याय पाउन सकेनौं’, उनले भने । नेम्वाङलाई ज्ञापनपत्र बुझाउने क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले संविधानको व्यवस्थाअनुसार आफू बाहिरिने भनेकाले महाअभियोग लगाउनुपर्ने भएको बताए । 

‘उहाँले सडकबाट छोड्दैन संविधानबाट आएको संविधानबाटै जान्छु भनेकाले हामी आएका छौं । न्यायको सेवाग्राहीको आवाज लिएर आएका छौं’, श्रेष्ठले भने ‘राजनीतिक दलहरूबाट निकास चाडोभन्दा चाडो होस् ।’ एमालेको सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा