ताजा अपडेट »

एम्बुलेन्स खरिद गर्न साँस्कृतिक कार्यक्रम

सोमबार, २७ असोज २०७६, १७ : ४१
4 Shares

असोज २७,
बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा आइसीयू तथा सीसीयू सहितको एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन गर्न साँस्कृतिक कार्यक्रम हुने भएको छ । यस क्षेत्रमा अत्याधुनिक स्वास्थ्य प्रविधिसहितको एम्बुलेन्स सुविधा नहुँदा समस्या पर्ने गरेको भन्दै क्लबले ६० लाख बढी मूल्य बराबरको एम्बुलेन्स खरिद गर्न आगामी कार्तिक २३ गते बुटवल मण्डपमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमबारे जानकारी गराउन सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष राजेन्द्र कार्कीले साँस्कृतिक कार्यक्रममा सहभागि भई सहयोग प्रदान गर्नका लागि उद्योगि, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमका लागि १० लाख रुपैयाँ खर्च अनुमान गरिएको उनले जानकारी गराए । १० हजार, ५ हजार र ३ हजार रुपैयाँ दरका सहयोग टिकट कायम गरिएको कार्यक्रमबाट एम्बुलेन्सका लागि आवश्यक सम्पूर्ण रकम संकलन गर्ने उद्देश्य राखिएको कार्यक्रम संयोजक दिनेसराज रेग्मीले बताए । कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले खरिद गर्न लागिएको अत्याधुनिक एम्बुलेन्स बारे जानकारी गराए । स्वास्थ्यकर्मी सहित सञ्चालन गरिने एम्बुलेन्सको बास्तविक मूल्य ३० लाख रहेपनि स्वास्थ्य उपकरणहरु जडानगर्दा ६० लाख बढीको लागत अनुमान गरिएको उनले बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डेले क्लबले गर्नलागेको सामाजिक कार्यक्रमलाई समफलताको शुभकामना दिए ।

कार्यक्रमका लागि रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, रोट्र्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, रोट्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही, रोट्र्याक्ट क्लब अफ भैरहवा, इन्ट्र्याक्ट क्लब अफ जनता मा. वि. सह आयोजकका रुपमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।