१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

खलङ्गा । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् । उनी जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि परेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनले बताए । यस वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन । उनी नर्सरीमै दिन बिताइरहेका छन् । बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र रेखदेख गर्ने उनको दैनिकी हो ।

Advertisement

उनले भने, “यो हाइटेक नर्सरी तिला– ७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ, अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित बिरुवा नै हुनेछन्, पहिले जडीबुटी कोर्नुपर्छ, वन जङ्गल फँडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो, अहिले जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ, वन जङ्गल जोगाउनुपर्छ, जलवायु परिवर्तनको असर कम गर्न वृक्षरोपणका क्रियालकपमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ ।”

हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसानले बिरुवा उत्पादनमा जोड दिएका छन् । हाइटेक नर्सरीभित्र उतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, वुद्धचित्त र कल्फी प्रजातिका बिरुवा छन् । उतिस आठ हजार बिरुवा उमारिएको छ । निमारो दुई हजार ८०० बिरुवा, किमु एक हजार ५०० बिरुवा, पौलेनिय पाँच हजार बिरुवा, बकाइनो १५ हजार र राइखन्यु तीन हजार बिरुवा उत्पादन हुने पेश नेपाल जुम्लाले जनाएको छ ।

विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो । नर्सरी स्थापनामा रु २८ लाख ४२ हजार ५७६ लगानी गरिएको पेस नेपाल जुम्लाका सामाजिक परिचालक रीता रोकायाले बताए । नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४५५ व्यक्ति प्रत्यक्ष लाभान्वित छन् ।

नर्सरीमा छरिएको बीउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको छ । अहिले नर्सरीको अवस्था राम्रो छ । चिसो मौसममा पनि निकै राम्रो देखिएको छ । मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्किन्छन् । जडीबुटीका बारेमा चासो राख्ने गरेको सो नर्सरीका सञ्चालक बताउँछन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु