Jan 27, 2023
बुटवल । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत रुपन्देहीमा आज क्षेत्रीय प्रतिनिधिका निर्वाचन भइरहेको छ । प्रतिनिधि चयनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा अहिले मतदान सुरु भएको छ ।
प्रतिनिधीका लागि शेर बहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्ष चुनावी प्रतिस्पर्धामा रहेका छन् । देउवा पक्षबाट काजीमान श्रेष्ठ र पौडेल समूहबाट हरि लम्सालको नेतृत्वमा चुवानी प्रतिस्पर्धामा होमिएका छन् ।
(यस अघि निर्वाचन क्षेत्रमा अन्यथा भएकोमा सच्चाइएको छ ।-सम्पादक
प्रतिकृया दिनुहोस्