ताजा अपडेट »

‘भ्यालेन्टाइन्स डे’ लाई ‘बहिनी दिवस’ का रुपमा मनाउने घोषणा

मंगलबार, १५ माघ २०७५, ०८ : २६
10 Shares

माघ १५,

फेब्रुअरी १४ का दिन पाकिस्तानको एक विश्वविद्यालयले ‘बहिनी दिवस’ मनाउने घोषणा गरेको छ । हरेक वर्ष यो दिन प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को रुपमा मनाउने गरिन्छ ।

इस्लामिक परम्परा तथा संस्कृतिलाई बढावा दिनका लागि भन्दै  हरेक वर्ष फेब्रुअरी १४ मा ‘सिस्टर्स डे’ मनाउने निर्णय गरेको हो ।

फैसलावादस्थित कृषि विश्वविद्यालयका उपकुलपतिले सो निर्णयबारे जानकारी दिँदै विश्वविद्यालयले बहिनी दिवसको दिन छात्राहरुलाई स्कार्फ तथा कपडाहरु उपहारको रुपमा दिन सकिने नियम पनि तय गरिएको बताएका छन् ।

सन् २०१७ मा इस्लामावाद उच्च अदालतले एक आदेश जारी गर्दै भ्यालेन्टाइन डे माथि प्रतिबन्ध लगाएको थियो । प्रणय दिवस मनाउन मात्र होइन यस सम्बन्धी समाचार तथा सामाग्रीहरु प्रकाशन प्रशारण समेत नगर्न सञ्चार माध्यमहरुलाई अदालतले आदेश दिएको थियो ।
एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।