ताजा अपडेट »

बुटवलको नविन माविका सागरले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक मोटरसाइकल

सोमबार, ०६ मंसिर २०७८, १३ : २२
14 Shares

बुटवल । नवीन औधोगिक कदर बहादुर रिता माबिमा कक्षा १२ मा सिभिल ईन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोख्रेलले निर्माण गरेको ब्याक गियर सहितको ईलेक्ट्रो एमएएसबि विद्युतीय मोटरसाईकल प्रदर्शन गरिएको छ । सोमबार विद्यालय परिसरमा मोटरसाईकलको परीक्षण गरिनुको साथै प्रतिभावान विद्यार्थी पोख्रेललाई विद्यालय ब्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँबाट सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोख्रेललाई चेक हस्तान्तरण गर्दै सामुदायिक विद्यालय गुणस्तर र क्षमतामा कम नभएको यो एउटा उदाहरण भएको बताईन । शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरभित्रका विद्यालयहरुमा सहयोग गर्दै आएको उनले बताईन । अर्घाखाँची सन्धिखर्च नगरपालिका १ मा स्थाई घर भएका सागरले करीब १ लाख १० हजार रुपैया खर्चमा मोटरसाइकल तयार गरेको बताए ।

हजुरबुबा मोतिलाल पोख्रेल, बुबा अनन्तमणि पोख्रेल, सागर पोख्रेल, आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट एमएएसबि नामाकरण गरेको उनले बताए । मोटरसाईकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ । करीब ४८ भोल्ट डिसि पावरको छ । हाल १ सय किलोमिटर सम्म दुरी हिड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्छ । यसअघि रोबर्ट, एकेसाभेटर, फ्रिज, फोटोकपि मेसिनहरु समेत बनाएको उनले बताए ।

विभिन्न मोटरसाईकलका हेडलाईट, टेललाईट, स्प्रिङ लगायत प्रयोग गरि ७ सय ५० वाटको ईलेक्ट्रिक मोटर प्रयोग भएको छ । उनी पढाईमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले बताए । कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, विद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालले शुभकामना दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।