९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

असोज २७,
काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणकै सन्दर्भमा ९१८ मेगावाटका नेपालका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ । पाँचथरमा पर्ने ७६२ मेगावाट क्षमताको तमोर र रोल्पामा पर्ने १५६ मेगावाटको माडी गरी दुई जलाशययुक्त आयोजना निर्माण गर्न आईतबार सम्झौता भएको हो । सी को नेपाल भ्रमणको सन्दर्भ पारेर सम्झौता गरिए पनि उनी भने उपस्थित थिएनन् ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाका उपाध्यक्ष पान देङ युले हस्ताक्षर गरेका छन् । कुल १ खर्ब ६४ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को २६ प्रतिशत सेयर हुनेछ । त्यसैगरी चिनियाँ कम्पनी पावर चाइनाको ७४ प्रतिशत हिस्सा हुनेछ । समझदारीअनुसार दुवै आयोजना सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्नेछन् ।

कुल लागतमध्ये तमोरमा करिब १ खर्ब २५ अर्ब रुपैयाँ लाग्नेछ भने माडीका लागि ३९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘दुवै आयोजनामा सकेसम्म बढी लगानी गर्न पावर चाइनाले हामीलाई भनेको छ,’ एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘कम्तीमा २६ प्रतिशत हामी लगानी गर्छौँ, बढीमा कतिसम्म गर्न सकिन्छ भन्ने टुंगो लगाउन बाँकी छ ।’ ०७५ को चैत १५ र १६ गते काठमाण्डुमा भएको लगानी सम्मेलनमा समेत सो आयोजनालाई लगानीयोग्य परियोजनाको सूचीमा राखिएको थियो ।

लगानी बोर्डले गरेको उक्त आह्वानअनुसार आयोजनामा लगानी प्रस्ताव गर्ने कम्पनीमध्येबाट सर्टलिस्ट गरी कम्पनी छनोट गरिएको थियो । सर्टलिस्टमा रहेका कम्पनीमध्येबाट ऊर्जा मन्त्री वर्षमान पुनका संयोजकत्वमा रहेको मूल्यांकन समितिले २४ असोजमा एचआइडिसिएल र पावर चाइनाको संयुक्त उपक्रम (जोइन्ट भेन्चर)लाई उपयुक्त कम्पनी छनोट गरेको हो ।
यो समझदारी पनि यी दुवै कम्पनीले फेरि लगानी बोर्डसँग आयोजना विकास सम्झौता गर्नुपर्ने हुन्छ । ‘लगानी बोर्ड अब जलाशययुक्त आयोजना निर्माणमा अघि बढेको छ,’ पोखरेलले भने, ‘पावर चाइनाले संयुक्त रूपमा जलविद्युत्मा लगानी गर्ने इच्छा देखाएपछि हामीसँगै अघि बढेका हौँ ।’- काठमाण्डु टुडे

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन