ताजा अपडेट »

भक्तपुर र बर्दिवासमा समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन हुँदै

सोमबार, ०६ मंसिर २०७८, १२ : ४३
4 Shares

भक्तपुर । नेपाल सरकारले पहिलो पटक समुदायस्तरीय घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले भक्तपुर नगरपालिका र बर्दिवास नगरपालिकामा घरदैलो सेवा सञ्चालन गर्न लागेको हो । महाशाखाका अनुसार घरदैलो नर्सिङ सेवाको पूर्व तयारीस्वरुप सम्बन्धित जिल्लामा एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । भक्तपुर नगरपालिकामा प्रदेश सांसद प्रेम सुवालले कार्यक्रमको उद्घाटन गरेका छन् । उनले कार्यक्रमलाई वैज्ञानिक र प्रविधिमैत्री बनाई स्थानीय भाषामा स्थानीय नागरिकहरूसँग कुरा गर्न आग्रह गरेका छन् ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरे पनि आवश्यक रकम भुक्तानी नभएको र दीर्घरोगीहरुलाई वितरण गर्ने औषधिमा मनपरीतन्त्र लागू भएको आरोप लगाए । सो प्रवृत्ति अन्त्य गर्न अनुगमन गर्न समेत उनले आग्रह गरेका छन् । स्वास्थ्य विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक प्रा। गोमादेवी निरौलाले सात दिने तालिममा पहिलो दिन नगरपालिकाभित्रका जनप्रतिनिधि र बाँकी ६ दिन स्वयंसेविका तथा नर्सहरूलाई अभिमुखीकरण दिने बताइन् । तालिम सम्पन्न भएपश्चात केही दिनमा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।