१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । रुपन्देहीमा सिँचाइका लागि जडान भएका डिप ट्युबेल वर्षौसम्म मर्मत सम्भार हुन सकेका छैनन् । डिप ट्युबेल मर्मत नहुँदा करिब १० वर्षदेखि रुपन्देहीको भूमिगत सिँचाइ प्रभावित भएको छ । जलउपभोक्ता समितिलाई २०५८ सालमै हस्तान्तरण गरिएका १६९ वटा ट्युबेलमध्ये २४ वटा पूर्णरुपमा बन्द भएका छन् भने ४० वटाको क्षमता खस्किएको छ ।

Advertisement

डिप ट्युबेल बिग्रेर मर्मत सम्भार हुन छाडेपछि रुपन्देहीका किसानले महंगोमा बोरिङ गाड्न थालेका छन् । कतिपय किसानले आफ्नै लगानीमा स्यालो ट्युबेल जडान गरेका छन् भने कतिपय स्थानीय पालिकाहरूले पनि अनुदानमा उपलब्ध गराएका छन् । रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिंचित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल ९भूमिगत सिँचाइ० निर्माण सुरु भएको थियो । तर, किसानको बेवास्ता र सरकारले मर्मत सम्भार नगर्दा झण्डै साढे दुई अर्ब रुपैयाँलागतको भूमिगत जल सिँचाइ अलपत्र छ । रोहिणीका किसान रामकिसुन चौधरीले डिप ट्युबेल बन्द भएपछि आफ्नै लगानीमा बोरिङ गाडेको बताए ।

‘महंगोमा बोरिङ गाडेर सिँचाइ गर्दा उत्पादन लागत बढ्छ । अहिले धेरै किसानलाई डिप ट्युबेल बिग्रेकाले समस्या भएको छ’, उनले भने । विश्व बैंकको दुई अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ परियोजना निर्माण सम्पन्न भएको थियो । जसअन्तर्गत १६९ वटा डिप ट्युबेल निर्माण भएका थिए । १६ वटा आफैँ अर्थात अटिजन सिस्टमबाट मात्र चलेको भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका सूचना अधिकारी मोहनकुमार नेपालले बताए ।

डिप बोरिङसहित तीनवटा विद्युत सवस्टेशन निर्माण र करिब दुई सय किलोमिटर कृषि सडकसमेत ग्राभेल भएको थियो । तर, अधिकांश सडक भत्किएका छन् भने केही अतिक्रमणमा परेका छन् । भूमिगत सिँचाइ रुपन्देहीका १३ स्थानीय तहमा फैलिएको छ । ट्युबेल बन्द हुने र सिँचाइ क्षेत्र घट्दै जान थालेपछि तीन वर्षअघि संघीय सरकारले तीन वर्षे मर्मत योजना बनाएर १८ करोड ३३ लाख रुपैयाँ छुट्टयाएको थियो ।

बन्द भएका सबै ट्युबेल मर्मत गरेर सञ्चालन गर्न सरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएको सूचना अधिकारी नेपालले बताए । ‘अहिले पनि मर्मत संभारका लागि बजेट अभाव छ । बजेट नभइकन बन्द भएका र बिग्रिएका डिप ट्युबेल मर्मत गर्न सकिँदैन’, उनले भने । २०३३ मा सुरू भएको आयोजना २०५४ देखि २०५८ सम्म निर्माण सम्पन्न गरी जल उपभोक्ता समिति गठन गरेर हस्तान्तरण गरिएको थियो । उपभोक्ता समितिलाई हस्तान्तरण गरेको वर्ष २०५८ मै नेपाल सरकारलाई आयोजनाले डिप ट्युबेल हस्तान्तरण गरेको हो ।

निर्माण सम्पन्नपछि संरक्षण र व्यवस्थापनको जिम्मा उपभोक्ता समितिले हेर्छ भने मर्मत सम्भार र क्षेत्र विस्तारको काम भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन भैरहवाले गर्दै आएको छ । रुपन्देहीमा ८३ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सुरूमा २० हजार हेक्टर जमिनको सिँचाइ डिप ट्युबेलले भएकोमा अहिले घटेर १५ हजारमा सीमित भएको छ । भूमिगत जलस्रोत सिँचाइ अन्य सिँचाइ व्यवस्थापनको तुलनामा उपयुक्त मानिन्छ । बन्द ट्युबेल लामो समय सञ्चालनमा नआउँदा किसानले सिँचाइका लागि अन्य विकल्प खोज्न थालेको सूचना अधिकारी नेपालले बताए ।

रुपन्देहीमा भूमिगत स्यालो तथा सिँचाइ आयोजना अन्तर्गत एक हजार ९९४ वटा स्यालो ट्युबेल पनि जडान भएका छन् । जडान गरिएका स्यालो ट्युबेलले करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । जय महाकाली स्यालो ट्यूबेल जल उपभोक्ता समिति मर्चवारका राधेश्याम यादवले स्यालो ट्युबेलको प्रयोग गरी सिँचाइ गरिरहेको बताए । ३५र४० फिटको गहिराइबाट पानी निकाल्न सकिने र बिजुली नभएको ठाउँमा पनि सजिलैसँग कम खर्चमा सञ्चालन गर्न सकिने भएकाले यो ट्युबेलको माग बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड