२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् । बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनको मत परिणाम आइतबार आइसकेको छ । जसअनुसार प्रदेशसभा क्षेत्र न। (क) मा देउवा पक्ष अर्थात जिल्ला सभापतिका उमेदवार शिवराज भट्टको प्यानल विजयी भएको छ भने क्षेत्र न‌.(ख)मा पौडेल पक्ष अर्थात चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ ।

Advertisement

दुवै कार्यसमितिमा सबै पदाधिकारी एकै प्यानलबाट विजयी भएका छन् । प्रदेश प्रतिनिधिमा पनि क्षेत्र (ख)मा सबै १७ जना चन्द प्यानलकै विजयी भएका छन् भने क्षेत्र (क)मा तीन जना चन्द प्यानल र अरू भट्ट प्यानलबाट विजयी भएका छन् । बैतडी प्रदेश सभा क्षेत्र (क) को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी नविनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए । यस्तै सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याएका छन् ।

यस्तै सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याएका मतदान अधिकृत रनवीरसिंह धामीले बताए । बैतडी प्रदेश सभा क्षेत्र (क) जिल्ला सभापतिका उम्मेद्वार शिवराज भट्टको प्यानल(देउवा पक्ष)ले पदाधिकारीमा विजय हासिल गरेको हो । क्षेत्र नं (कं) मा ६४५ मत खसेको थियो ।

यसैगरी बैतडी प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गरे ।

यस्तै सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याएका छन् । यस्तै सहसचिव पदमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएको मतदान अधिकृत घनश्याम लेखकले बताए । बैतडी प्रदेश सभा क्षेत्र (ख) मा जिल्ला सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दको प्यानलले पदाधिकारी र १७ जना प्रदेशसभा प्रतिनिधिमा विजय हासिल गरेको हो भने शिवराज भट्टको प्यानल शून्य आएको छ । क्षेत्र नं (ख) ६७५ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता