ताजा अपडेट »

बारको आन्दोलन जारी, सर्वाेच्चबाट हटाइयो दंगा प्रहरी

सोमबार, ०६ मंसिर २०७८, ११ : ०५
4 Shares

काठमाडौ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । 

यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वाेच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।