१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

ललितपुर । हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर साेमबार बिहानैदेखि बाटो बन्द गरिएको छ ।

Advertisement

लामो समयदेखि ठेकेदारले सडक कालाेपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका महर्जनले बताए । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा परीणत भएको छ । उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी बृत्तबाट बार्ताका लागि बोलाइएको छ । स्थानीयबासी सल्लाह गरेर बार्तामा जाने तयारी भइरहेको छ ।

गोदावरी नगर १४ का वडाध्यक्ष जगतनाथ महर्जन कच्ची सडकमा धुलोधुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको बताउछन् । उनी भन्छन्, ‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके । स्थानीयलाई सास्ती छ ।’ स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै उनी भन्छन्,‘भोलिबाटै काम नगरे स्थानीयले अझैं केही दिनबन्द गर्ने बताएका छन् ।’

यो सडक सिएम कन्टक्सनले तथास्थितीमा कालोपत्र गर्न ठेक्का पाएको थियो । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि वसपार्कसम्म १६ मिटर कालोपत्र भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ, के आउला अन्तिम फैसला ?