१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

फाइल तस्वीर

भियना ।  युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ । कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो । कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन् । 

Advertisement

पछिल्लो लकडाउन पहिला जस्तै हुनेछ । बढी भिड हुने ठाउँ जस्तैः रेस्टुराँ, क्याफे, खेल मैदान, म्युजियम, नाट्यशाला, सैलुन कम्तिमा २० दिन खुल्ने छैनन् । 

पर्यटकहरुको किनमेलको प्रमुख केन्द्र क्रिस्मस बजार पनि बन्द हुनेछन्  । त्यस्तै, सम्पूर्ण होटलहरु पनि बन्द हुनेछन् । सरकारले लकडाउन घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारीले राजधानी भियनामा विरोधमा उत्रिएका छन् । 

लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । अविश्वासका कारण अझै पनि अस्ट्रियाको ठूलो जनसंख्याले खोप लगाएको छैनन् ।

सरकारले सन् २०२२ देखि कोभिडविरुद्धको खोप अनिवार्य बनाउने घोषणा गरेको छ । युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी व्यवस्था गर्ने अस्ट्रिया पहिलो मुलुक हो । -एजेन्सी
 

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु