ताजा अपडेट »

विश्व इतिहासमा आजः जर्मनीको पहिलो महिला चान्सलरदेखि युक्रेनको एतिहासिक क्रान्ति

सोमबार, ०६ मंसिर २०७८, ०७ : ०६
2 Shares

आज २२ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

जर्मनीमा पहिलो महिला चान्सलर
सन् २००५ मा एंगेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन् । पूर्वी जर्मनीबाट चान्सलर बन्ने उनी पहिलो महिला हुन् । मर्केलले सन् २००५ देखि जर्मनीमा एकछत्र शासन गर्दै आएकी छिन् । सन् २००२ देखि सन् २००५ सम्म प्रमुख विपक्षी दलकी नेतृ रहेकी मर्केल सन् २००२ देखि सन् २००८ सम्म क्रिश्चियन डेमोक्रयाटिक युनियनको नेतृ बनेकी थिइन् ।
 
युक्रेनमा ओरेन्ज रिभोलुसन
निर्वाचित सरकारले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा युक्रेनका विपक्षीले सन् २००४ मा ठूलो आन्दोलन गरेका थिए । ओरेन्ज रिभोलुसन नाम दिइएको सो क्रान्तिपछि देशमा निर्वाचन प्रणालीमा सुधार आएको थियो । सोही क्रान्तिको स्मरणमा सन् २००५ को २२ नोभेम्बरलाई स्वतन्त्रता दिवस घोषणा गरिएको थियो । 

पहिलो एनिमियटेड चलचित्र
सन् १९९५ मा निर्माण गरिएको टोरी स्टोरी कम्प्यु्टरबाट एनिमियटेड गरिएको पहिलो चलचित्र हो । मानवजस्तै एउटा खेलौनाको साहसमा आधारित यस चलचित्रले ओस्कारलगायत अन्य प्रतिष्ठित पुरस्कार प्राप्त गरेको थियो ।

टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पियनको उपाधि विश्व बक्सिङ परिषद्ले सन् १९८६ मा चर्चित बक्सिङ खेलाडी माईक टाइसनलाई विश्वकै कान्छो हेभिवेट च्याम्पियन घोषणा गरेको थियो । च्याम्पियन घोषित हुँदा उनी २० वर्षका थिए ।
 
जोन अफ केनेडीको हत्या
सन् १९६३ को २२ नोेभेम्बरमा अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । टेक्सासको भ्रमण गर्ने क्रममा ली हार्भे ओसवाल्ड नाम गरेका व्यक्तिले केनेडीको हत्या गरेका थिए । केनेडी पदमै रहँदा हत्या हुने चौथो अमेरिकी राष्ट्रपति हुन् । यसअघि अब्रांहम लिंकन, जेम्स अब्रांहम गारफिल्ड र विलियम म्याकिन्लेको पनि पदमा रहेकै बेला हत्या भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।