ताजा अपडेट »

गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्रको विकास भएन : केपी ओली

आइतबार, ०५ मंसिर २०७८, १७ : ०१
2 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले खेलमा भन्दा बढी बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास नहुन नसकेको बताएका छन् । 

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफ्नो क्षेत्रमा भन्दा बढी गाँस र बासको व्यवस्थामा बढी ध्यान दिनुपर्ने बाध्यात्मक अवस्थाले खेल क्षेत्रको विकास हुन नसकेको बताए । ‘कागको जस्तै नेपालीको बिहान उठेदेखि नै गाँस र बासको व्यवस्था ध्यान दिनुपर्ने अवस्था छ’, उनले भने, ‘जसले गर्दा आफ्नो क्षेत्रमा बढी समय दिन नसक्दा खेल क्षेत्र पनि विकास हुन नसकेको हो ।’ 

आफ्नो क्षेत्रमा बढी लगाव, अभ्यास र अध्ययनबिना प्रगति हुन नसक्ने भन्दै उनले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले विद्यालय तहबाट पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।